पत्रकार झाले ल्याए यात्रा संस्मरण पुस्तक ‘जगन्मुक्ति’

आइतबार, २२ चैत, २०८२
डिजिटल संस्करण

वरिष्ठ पत्रकार धर्मेन्द्र झाले यात्रा संस्मरण पुस्तक ‘जगन्मुक्ति’ ल्याएका छन् । पुस्तकको बागलुङमा आयोजित मिडिया मेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोकार्पण गरे ।

साहित्यिक क्षेत्रमा धर्मेन्द्र विह्वलका रुपमा परिचित झाले हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हिमालपारिको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ र समुद्री किनारास्थित जगन्नाथसम्मको यात्रालाई पुस्तकमा समेटेका छन् ।

मुक्तिनाथका सम्बन्धमा मैथिली भाषामा लिखित पहिलो पुस्तकका रूपमा जगन्मुक्ति रहेको बताउँदै झाले मैथिली भाषीलाई मुक्तिनाथ जान्न र बुझ्न यो विशेष उपयोगी बन्ने विश्वास व्यक्त गरे ।

‘प्रत्येक मिथिलावासीको घरमा शालिग्रामको पूजा हुन्छ । मुक्तिनाथ शालिग्रामको केन्द्र हो,’ उनले भने । पुस्तकले नेपाल र भारतबिचको सांस्कृतिक एवं धार्मिक सम्बन्धलाई समेत जोड्न खोजेको छ ।

यात्राका क्रममा देखिएका विभिन्न विषयवस्तुलाई १०२ पृष्ठमा समेटिएको पुस्तकमा विभिन्न तस्विर पनि समावेश गरिएको छ । तीन खण्डमा संरचित पुस्तकको पहिलो खण्डमा हिमालय पार वसल मुक्तिनाथ, दोस्रो खण्डमा समुद्र तटमे रहल जगन्नाथ र तेस्रो खण्डमा कालीदर्शन आ महाकुम्भमे सहभागिता शीर्षकमा चर्चा गरिएको छ । 

See More On

सुझावित समाचार