चितवनमा बसको ठक्करबाट १० वर्षीय बालकको मृत्यु

आइतबार, २२ चैत, २०८२
डिजिटल संस्करण

चितवनको भरतपुर महानगरपालिका– ३, नगरवन मार्गमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका भारतको अमरावती जिल्ला अन्जगाउँनिवासी प्रेम घोस्लेका १० वर्षीय छोरा इरेस घोस्लेको मृत्यु भएको हो ।

प्रहरीका अनुसार शनिबार राति करिब ११ बजे बा.प्र.०६–००१ ख ०४९२ नम्बरको बस पार्किङका लागि सहचालकले ब्याक गर्ने क्रममा सडकछेउमा बस्दै आएका इरेस घोस्लेलाई ठक्कर दिएको थियो ।

उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा राति चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतकको शव भरतपुर सरकारी अस्पतालमै राखिएको छ । दुर्घटनामा संलग्न बस र बसका सहचालक नवलपुरको कावासोती नगरपालिका– १ निवासी २५ वर्षीय प्रेमबहादुर नेपालीलाई वडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

See More On

सुझावित समाचार