कजारियालाई एनएस क्वालिटी अवार्ड

शुक्रबार, २० चैत, २०८२
डिजिटल संस्करण

 टायल उद्योग ब्रान्ड कजारियाले एनएस क्वालिटी अवार्ड–२०२६ प्राप्त गरेको छ । यो अवार्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्ने कम्पनीको प्रतिबद्धतालाई थप पुष्टि गर्नुका साथै विश्वसनीय र विश्वस्तरीय टायल उत्पादकका रूपमा स्थापित गर्ने कम्पनीले बताएको छ । 

कम्पनीका अनुसार विगतका वर्षमा यो ब्रान्डले आफूलाई प्राविधिक नवप्रवर्तन, ठुलो उत्पादन क्षमता तथा सशक्त अन्तर्राष्ट्रिय पहुँचका आधारमा आफूलाई एक प्रमुख विश्वस्तरीय ब्रान्डका रूपमा स्थापित गरेको छ । लगातार १४ वर्षसम्म ‘सुपरब्रान्ड’ उपाधि प्राप्त गरेको कजारियाले उपभोक्ताको विश्वास, स्थिरता र बजार नेतृत्वलाई प्रतिबिम्बित गर्ने दाबी गरिएको छ । 

‘कजारियाको गुणस्तरप्रतिको प्रतिबद्धता आइएसो ९००१ः२०१५ प्रमाणीकरणबाट पुष्टि हुन्छ, जसले उत्पादन तथा सञ्चालनमा विश्वस्तरीय मापदण्ड सुनिश्चित गर्छ,’ कम्पनीले भनेको छ, ‘आइएसओ १४००१ः२०१५ प्रमाणीकरणले वातावरणीय जिम्मेवारी र दिगो अभ्यासप्रतिको यसको प्रतिबद्धतालाई झल्काउँछ ।’

सुझावित समाचार