औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई पाँच करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । कर्पोरेट सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र किओचका संस्थापक अध्यक्ष प्राडा भगवान कोइरालाबिच आर्थिक सहयोगको सम्झौता भएको हो ।
‘सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने यो अभियानमा जोडिन पाउँदा गर्व महसुस गरेको छु,’ ग्रुपका अध्यक्ष शेखर गोल्छाले भने, ‘हाम्रो फाउन्डेसनद्वारा किओचसँग सहकार्य गरेका हौं ।’