एनआइसी एसिया बैंक लिमिटेडले नयाँ वर्ष ०८३ को क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले लोपोन्मुख तथा परम्परागत नेपाली लोकबाजामार्फत सांस्कृतिक इतिहास र पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने गरी आकर्षक साजसज्जामा भित्ते तथा टेबल क्यालेन्डर सार्वजनिक गरेको हो ।
बैंकका अनुसार क्यालेन्डरमा देशका विभिन्न क्षेत्र, समुदाय तथा चाडपर्वमा प्रयोग हुने धार्मिक, सांस्कृतिक, सामाजिक एवं ऐतिहासिक महत्व भएका लोकप्रिय तथा लोपोन्मुख बाजा र बजाउने शैलीसहितका तस्बिर प्रयोग भएका छन् ।
यो कार्यले यिनीहरूको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरणमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । साथै, बैंकले क्यालेन्डरमा नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख भएका बिदा, चाडपर्व, दिवस, पञ्चांग तिथिलगायतका विवरण समावेश छन् ।