ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने

मंगलबार, १७ चैत, २०८२
डिजिटल संस्करण

नेकपा एमालेको सचिवालय बैठकले अध्यक्ष केपी ओलीको पक्राउको विरोधमा देशव्यापी प्रदर्शन गर्ने भएको छ। मंगलबार बसेको एमाले सचिवालय बैठकले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारी प्रतिशोधपूर्ण भएको भन्दै देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो।

एमालेले चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत् भेला गरी चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। यसैगरी, वैशाख ३ गते वडा तहमा भेला गरी वैशाख ७ गते प्रदेश राजधानीहरूमा तथा वैशाख १२ गते काठमाडौंमा विशाल विरोध प्रदर्शन गर्ने बताइएको छ।

साथै, सरकारद्वारा विद्यार्थी तथा पेसागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने एमालेले निर्णय गरेको छ।

सुझावित समाचार