एनआइसी र स्तूपा कम्युनिटी हस्पिटलबिच छुट सम्झौता

मंगलबार, १७ चैत, २०८२
डिजिटल संस्करण

एनआइसी एसिया बैंक र स्तूपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तूपा कम्युनिटी हस्पिटल)बिच छुटसम्बन्धी सम्झौता गरिएको छ । यससम्बन्धी समझदारीपत्रमा बैंकका तर्फबाट सर्कल हेड–काठमाडौं नर्थ सुदिनकुमार लामा र हस्पिटलका तर्फबाट निर्देशक डा. पेम्बा लामाले हस्ताक्षर गरेका हुन् ।

द्विपक्षीय सम्झौताअनुसार अब बैंकका ग्राहकले उक्त हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवामा १५ प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन्  ।

साथै, स्तूपा स्वास्थ्य सेवा सहकारी संस्थाका बोर्ड सदस्य, निर्देशक, कर्मचारी तथा अन्य सेयर होल्डरले यस बैंकको क्रेडिट कार्डमा उपलब्ध सेवाहरू प्राप्त गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

साथै, ग्राहकले थप सेवा सुविधाका लागि स्तूपा कम्युनिटी हस्पिटल परिसरमा बैंकको एटिएम सेवा सञ्चालन गर्ने पनि सहमति भएको छ ।
 

सुझावित समाचार