माइतीघरमा राइडरहरूको प्रदर्शन [तस्बिरहरू]

सोमबार, १६ चैत, २०८२
डिजिटल संस्करण

अकासिएको इन्धनको मूल्य र राइड सेयरिङ कम्पनीहरूले लिने चर्को कमिसनका कारण मर्कामा परेको भन्दै राइडरहरू आन्दोलित भएका छन्। कम्पनीहरूको स्वेच्छाचार बढ्दासमेत सरकार नियामक भूमिकामा मौन बसेको आरोप लगाउँदै स्वतन्त्र चालक फाउन्डेसन नेपालको आयोजनामा राइडरहरूले सोमबार माइतीघर मण्डला क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन्।

सडक किनारमा मोटरसाइकलहरू लस्करै तेर्स्याएर विरोधमा उत्रिएका राइडरहरूले इन्धनको मूल्यअनुसारको भाडा समायोजन हुनुपर्ने र कमिसनदर घटाउनुपर्नेलगायतका माग राखेका छन्। दैनिक गुजारा चलाउनै धौधौ परेपछि बाध्य भएर सडकमा ओर्लिनुपरेको उनीहरूको भनाइ छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार