बाघको आक्रमणबाट एकजना महिला घाइते

बिहिबार, १२ चैत, २०८२
डिजिटल संस्करण

बाघको आक्रमणमा पनि नवलपुरको मध्यविन्दु नगरपालिका १४ मा आज साँझ १ जना महिला घाइते भएकी छिन्। 

मध्यविन्दु नगरपालिका वडा नं. १४ दम्फाघेरा बस्ने वर्ष ३९ की पुनिसरा दर्लामीलाई बाघले आक्रमण गरी घाइते गराएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। 

आफ्नै घरबाट ३०० मिटर पूर्वतर्फ रहेको खरबारीमा बाख्रा खोज्न जाने क्रममा अचानक बाघले आक्रमण गरी घाइते भएका थिए। 
उनको अनुहार र हातमा चोट लागेको र अवस्था मध्यम रहेको छ भने उनको मध्यविन्दु प्रादेशिक अस्पताल डन्डामा उपचार भइरहेको छ।

सुझावित समाचार