राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले जेन-जी आन्दोलनमा संयमता अपनाउन आफूले आग्रह गरेको दाबी गरेका छन्। जेन-जी आन्दोलनबाट भएको क्षतिसम्बन्धी पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा उनको बयानसमेत समावेश छ। जसमा उनले राष्ट्रपति र प्रधानसेनापतिको आग्रहमा आन्दोलनलाई शान्त पार्ने भूमिका आफ्नो रहेको दाबी गरेका छन्। शाह त्यति वेला काठमाडौं महानगरपालिकाको मेयर थिए।
गत वर्ष सिंहदरबार जलाइदिने धम्की दिएर लेखेको फेसबुक स्टाटसबारे पनि आयोगले उनीसँग प्रश्न सोधेको थियो। जसमा उनले भनेका छन्, ‘काठमाडौं महानगरको फोहोर बोक्ने गाडी बञ्चरेडाँडा जाँदैगर्दा अनावश्यक रोकेपछि विरोधस्वरूप मेटाफरको रूपमा फेसबुकमा अभिव्यक्ति दिएकोमा ‘जलाई दिन्छु’ शब्द प्रयोग भएको थिएन।’
आयोगले प्रश्न पठाएर उनीसँग लिखित बयान लिएको थियो।
