वेश्यावृत्तिलगायत अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा काठमाडौंको ठमेलबाट २० युवतीलाई प्रहरीले पक्राउ गरेको छ। ठमेल घुम्न जाने पर्यटकलाई सार्वजनिक स्थलमा हैरानी दिने तथा पैसामा बार्गेनिङ गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
उनीहरूलाई १२ दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको एसपी पवनकुमार भट्टराईले बताए।
