नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले कम्प्याक्ट एसयुभी निसान म्यागनाइटमा ग्राहकका लागि एक वर्ष शून्य इन्धन योजना घोषणा गरेको छ ।
यो योजनाअन्तर्गत ग्राहकले ५० हजार रुपैयाँसम्म नगद छुट पाउनुका साथै एक लाखसम्म एक्सचेन्ज बोनस, एक वर्षको कम्प्रिहेन्सिभ बिमा तथा एकै वर्षको नि:शुल्क इन्धन सुविधा प्राप्त गर्नेछन् । अहिलेलाई निसान म्यागनाइटको सुरुवाती मूल्य ३५ लाख ७५ हजार रुपैयाँ तोकिएको छ । यो अफर देशभरका आधिकारिक निसान सोरुममा लागू हुने कम्पनीले जनाएको छ ।
त्यसैगरी, निसानले सजिलो स्वामित्व योजना पनि ल्याएको छ । जसअन्तर्गत म्यागनाइट भिसिआ अब प्रतिदिन नौ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ, जसले यसलाई कम्प्याक्ट एसयुभी सेग्मेन्टमा सबैभन्दा सुलभ विकल्पमध्ये एक बनाएको बताइएको छ ।
यस गाडीमा ५–स्टार ग्लोब एनक्याप सेफ्टी रेटिङसहित यसमा सेग्मेन्टकै उत्कृष्ट २०५ मिमी ग्राउन्ड क्लियरेन्स, ६ वटा एयरब्याग, हिल–स्टार्ट असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, टचस्क्रिन तथा रियर पार्किङ सेन्सरजस्ता सुरक्षा सुविधा सबै भेरियन्टमा उपलब्ध छन् । कम्पनीले ग्राहकलाई नजिकको निसान सोरुममा गई टेस्ट ड्राइभ लिन पनि अनुरोध गरेको छ ।