शनिबारदेखि सुरु भएको पाँचाैँ राष्ट्रिय लुघवित्त सदस्य सम्मेलन २०८२ नौबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले लघुवित्तमार्फत उद्यमशीलता फैलाउने, संस्थागत अनुशासन कायम गर्ने, वातावरणमैत्री बन्ने, गरिबी न्यूनीकरण र रोजगारी सिर्जना गर्ने तथा समग्र आर्थिक रूपान्तरणमा योगदान दिने घोषणा गरेको हो ।
सम्मेलनले जारी गरेको घोषणापत्रमा उद्यमशीलता फैलाऔँ, युवालाई स्वरोजगार बनाऔँ भन्ने मूल नारालाई आत्मसात् गर्दै देशको आर्थिक रूपान्तरणमा योगदान पुर्याउने दृढ संकल्प व्यक्त गरेको छ । यसका लागि संस्थाहरूले विद्यालयस्तरमा ‘पढ्दै कमाउँदै’ कार्यक्रमलगायत युवालाई स्वरोजगार सिर्जना गर्र्ने संकल्प गरेको छ ।