प्रिमियरलाई फुटबल र बास्केटबलमा उपाधि

मंगलबार, १० चैत, २०८२
डिजिटल संस्करण

प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कुलले अन्तरविद्यालय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दुईवटा उपाधि जितेको छ । प्रिमियरले फुटबल र बास्केटबलतर्फ उपाधि जितेको हो ।

फुटबलको उपाधि भिडन्तमा प्रिमियर स्कुलले जेम्ससँगको भिडन्तमा १-१ को बराबरी खेलेको  थियो । खेल बराबरीमा सकिएपछि पेनाल्टीमा प्रवेश गरेको थियो । प्रिमियरले जिइएमएसलाई टाइब्रेकरमा ५–४ ले हराएको छ ।

फुटबल टोलीमा श्यामिर श्रेष्ठ, रेजिस न्यौपाने, श्याम श्रेष्ठ, निर्विक थापा, प्रवेश तामाङ, दृश्य रत्न शाक्य, निशाद सिटौला, आर्जल अधिकारी, इशान गौचन, रिशित मैनाली, तेन्जिङ दावो लामा, आर्यक कार्की, ओलिभर कार्की, आरुष कार्की, संकल्प पोखरेल, अभिम रोका मगर, नोआ राय र अर्जु टी. राजभण्डारीले रहेका थिए।

बास्केटबलमा प्रिमियरले फाइनलमा बिकेएसपी बंगलादेशलाई ६७–४३ ले पराजित गर्दै उपाधि हात पारेको हो । बास्केटबल टोलीमा दावा टी. लामा तामाङ, प्रणय मान श्रेष्ठ, प्रथम श्रेष्ठ, ज्योत्सन जोशी र आदम्य महर्जन, आश्विन चालिसे, सुप्रिम महर्जन, सयुग्य महत र काइ योशी प्रजापति रहेका थिए। टोलीका प्रशिक्षक सधिश प्रधान थिए । जो नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोलीका कप्तान हुन्।

See More On

सुझावित समाचार