सुनको भाउ तोलामा साढे ६ हजार घट्यो

सोमबार, ९ चैत, २०८२
डिजिटल संस्करण

सोमबार सुनको भाउ तोलामा ६ हजार पाँच सय रुपैयाँले घटेर दुई लाख ७५ हजार पाँच सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन १२ हजार पाँच सय रुपैयाँको गिरावट आएको थियो। एक साताभित्र सुनको भाउ ३४ हजार रुपैयाँले घटिसकेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत सोमबार सुनको भाउ तीन लाख नाै हजार पाँच सय रुपैयाँ थियो भने माघ १५ गते उच्च भाउ तीन लाख ३९ हजार तीान सय रुपैयाँमा पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा तेल मूल्य बढ्दा अमेरिकी डलरको माग र ब्याजदर वृद्धिको दबाबले सुनको मूल्यमा गिरावट आएको जनाइएको छ।

सुझावित समाचार