भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार प्रमुखको रूपमा सबैभन्दा लामो समय शासन गरेर नयाँ कीर्तिमान बनाएका छन्। तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका मोदी सरकार प्रमुखको पदमा बसेर काम गरेको ८९३१ दिन पुगेको छ। यसअघि यो रेकर्ड सिक्किममा पूर्वमुख्यमत्री पवन चाम्लिङको नाममा थियो। उनले ८९३० दिन सरकार प्रमुख भएर काम गरेका थिए।
मोदी सन् २००१ देखि निरन्तर सत्तामा छन्। २००१ देखि २०१४ सम्म उनी गुजरातको मुख्यमन्त्री भएर काम गरे। त्यसपछि निरन्तर भारतको प्रधानमन्त्री बनेका छन्।
भारतीय गृहमन्त्री अमित शाहले शासनमा नयाँ रेकर्ड राखेको भन्दै मोदीलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्।
यसअघि भारतमा लामो सत्ता चलाउने चाम्लिङ सन् १९९६ देखि २०१९ सम्म लगातार पाँचपटक सिक्किमको मुख्यमन्त्री भएका थिए।
