प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष प्रसाईं कोशी एक्सिलेन्स अवार्ड २०८२ अन्तर्गत इन्स्योरेन्स विधा अवार्डबाट सम्मानित भएका छन्।
बिमा क्षेत्रको नियमनकारी निकाय तत्कालीन बिमा समिति (हालको नेपाल बिमा प्राधिकरण)देखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्वसम्म आइपुग्दा बिमा क्षेत्रमा गरेको योगदानको कदरस्वरूप प्रसाईंलाई सम्मान गरिएको बताइएको छ।
उनको नेतृत्वमा नेपाली बिमा बजारमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको दरिलो उपस्थिति छ। शनिबार एक कार्यक्रमबिच प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सम्मानित गरेका हुन्।