इनफिनिक्सको ब्रान्ड एम्बासडरमा क्रिकेटर ऐरी

आइतबार, ८ चैत, २०८२
डिजिटल संस्करण

स्मार्टफोन ब्रान्ड इनफिनिक्स नेपालले आफ्नो ब्रान्ड एम्बासडरमा राष्ट्रिय क्रिकेट टिमका खेलाडी दीपेन्द्रसिंह ऐरीलाई नियुक्त गरेको छ । ऐरीको नियुक्तिलाई नेपाली युवा क्रिकेटप्रेमीसँगको सम्बन्धलाई थप मजबुत बनाउने महत्वपूर्ण कदमका रूपमा लिइएको कम्पनीले जनाएको छ ।

‘निर्भीक खेलशैली र अन्तर्राष्ट्रियस्तरमा कीर्तिमानी प्रदर्शनका लागि परिचित ऐरी महत्वाकांक्षा, गति र नयाँ पुस्ताको प्रदर्शनको प्रतीक हुन्,’ कम्पनीले भनेको छ, ‘यी सबै गुण इनफिनिक्सको आजको पुस्ताका लागि शक्तिशाली र स्टाइलिस स्मार्टफोन उपलब्ध गराउने दृष्टिकोणसँग मेल खान्छ ।’

कम्पनीले बहुप्रतीक्षित नोट सिरिज सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यो सिरिजले आफ्नो सेग्मेन्टमा प्रदर्शन, डिजाइन र प्रयोगकर्ता अनुभवलाई नयाँ स्तरमा पुर्याउने लक्ष्य राखेको कम्पनीले जनाएको छ । यस रणनीतिक कदममार्फत इनफिनिक्सले नेपालमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाउने कम्पनीको दाबी छ । 
 

सुझावित समाचार