प्रभु बैंकको देशभर वित्तीय साक्षरता

आइतबार, ८ चैत, २०८२
डिजिटल संस्करण

‘ग्लोबल मनी विक–२०२६’ अन्तर्गत प्रभु बैंकले देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले यस वर्षको ‘स्मार्ट मनी टक’ नारासहित वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

मकवानपुरस्थित बैंकको बज्रवाराही शाखाले थाहा नगरपालिका– १० स्थित नाटेश्वर माध्यमिक विद्यालयका विद्यार्थीमाझ वित्तीय साक्षरता सञ्चालन गरेको हो । उक्त कार्यक्रममा कक्षा ११ र १२ का करिब ४० जना विद्यार्थी सहभागी भएका थिए । त्यसैगरी, रौतहटस्थित चन्द्रनिगाहपुर शाखाले श्री माध्यमिक विद्यालय, जुडिबेलामा पनि कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकको बागलुङ शाखाले धौलागिरि बहिरा आवासीय तथा प्राविधिक विद्यालयमा वित्तीय साक्षरता गरेको छ भने वालिङ शाखाले प्रभातफेरीसहित वालिङ बहुमुखी क्याम्पसमा कार्यक्रम गरेको छ ।

त्यसैगरी, बैंकका विभिन्न शाखाहरू मुर्गिया, वीरगन्ज, छिन्केत, मित्रपार्क, रौतामाई, कुस्मा, माछापुच्छ«े, झलारी, इनरुवा, काँकडभिट्टा, दुलेगौँडा, हात्तीसुँडे, अछाम, तीनपैनी, जितपुर, बडिकेदार, धनकुटालगायतका शाखाले पनि विश्व लगानी सप्ताह–२०२६ का अवसरमा वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरेको हो । 
 

सुझावित समाचार