मानव अधिकार आयोगद्वारा ओलीसहितका अधिकारीलाई कारबाही सिफारिस

शुक्रबार, ६ चैत, २०८२
डिजिटल संस्करण

राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनमा भएको दमनमा तत्कालीन प्रधानमन्त्री केपी ओलीसहितका अधिकारीलाई कारबाही सिफारिस गरेको छ। आयोगको छानबिन समितिले शुक्रबार अध्यक्ष तपबहादुर मगरलाई प्रतिवेदन बुझाउँदै दोषीहरूलाई कारबाही सिफारिस गरेको हो। 

आयोगकी सदस्य लिली थापा अध्यक्षताको छानबिन समितिले करिब साढे नौ हजार पृष्ठ लामो प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक तथा सुरक्षा निकायका प्रमुखहरूलाई सो घटनाको जिम्मेवार रहेको औँल्याएको छ । ‘राष्ट्रिय सुरक्षा परिषद्ले नै राम्रोसँग आकलन र तयारी नगरेको देखियोे,’ छानबिन समितिका एक अधिकारीले भने, ‘जसकारण राष्ट्रिय सुरक्षा परिषद् र केन्द्रीय सुरक्षा समितिका पदाधिकारीलाई कारबाही सिफारिस गरिएको छ ।’ 

आयोगले तत्कालीन प्रधानमन्त्री ओलीसहित ८१ जनाको बयान लिएको थियो। पूर्वतयारी राम्रो नहुँदा आन्दोलनमा ठुलो मानवीय क्षति भएको निष्कर्ष छानबिन समितिको छ। 
२४ भदौमा गठन भएको समितिले ६ महिनाभन्दा लामो समय लगाएर छानबिन गरेको हो । 

आयोगको आगामी बैठकमा प्रतिवेदन पेस गरेर त्यसउपर निर्णय गरिने आयोगका एक अधिकारीले जानकारी दिए। 

सुझावित समाचार