कावासोतीमा ट्रयाक्टरबाट खसेर एकजनाको मृत्यु

शुक्रबार, ६ चैत, २०८२
डिजिटल संस्करण

नवलपुरको कावासोतीमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ। कावासोती नगरपालिका– ३ स्थित सयपत्रीचोकमा लु.४त ९१५५ नम्बरको ट्याक्टरले अचानक ब्रेक लगाउँदा ५२ वर्षीय घमनसिंह सार्की ट्याक्टरबाट खस्दा टाउकोमा चोट लागेको थियो। 

कालीगण्डकी अस्पतालमा उपचारपश्चात् घर लगिएको अवस्थामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न ट्याक्टर र मृतकका भाइसमेत रहेका ट्याक्टरचालक खड्कबहादुर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

सुझावित समाचार