एमएडब्लू वृद्धिको एक्सचेन्ज अर्को हप्ता

शुक्रबार, ६ चैत, २०८२
डिजिटल संस्करण

एमएडब्लू वृद्धिले १२ देखि १४ चैतसम्म मेगा एक्सचेन्ज कार्निभल आयोजना गर्ने भएको छ । देशैभरि आयोजना हुने मेगा एक्सचेन्ज कार्निभल डिजाइन र प्रविधिमा अब्बल इभीमा अपग्रेड हुने सबैभन्दा उत्तम समय हुने बताइएको छ ।

आफ्ना लोकप्रिय इभी ब्रान्ड दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लाटफर्ममा समेटेर नेपालकै सबैभन्दा ठुलो मेगा एक्सचेन्ज आयोजना गर्न लागेको कम्पनीले जनाएको छ । 

मेगा एक्सचेन्जमा ग्राहकले प्रत्यक्ष नगद बचत, पुराना गाडीको उच्चतम मूल्यांकन, उत्कृष्ट एक्सचेन्ज बोनस, नि:शुल्क बिमा तथा चार्जर प्याकेज र नेपालकै सबैभन्दा लामो एक्सटेन्डेड वारेन्टीजस्ता सुविधा प्राप्त गर्नेछन् ।

बढ्दो इन्धन मूल्य, वातावरणीय सचेतना तथा आकर्षक एक्सचेन्ज सुविधाका कारण यो कार्निभल इभीमा अपग्रेड गर्ने सबैभन्दा उपयुक्त अवसर बनेको कम्पनीले जनाएको छ ।

सुझावित समाचार