सूर्य नेपाल वेस्टर्न ओपन : भुवनले बनाए १ स्ट्रोकको अग्रता

शुक्रबार, ६ चैत, २०८२
डिजिटल संस्करण

सूर्य नेपाल गल्फ टुर २०२५/२६ अन्तर्गत सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन बिहीबार भुवन नगरकोटी १ स्ट्रोकको अग्रतासहित शीर्ष स्थानमा रहेका छन् । भुवनले समग्रमा ३ अन्डर १३५ को स्कोर गरेका थिए । उनले दोस्रो स्थानमा रहेका शुक्रबहादुर राईलाई १ स्ट्रोकले पछि पारेका हुन् । शुक्रले समग्रमा २ अन्डर १३६ स्कोर गरेका थिए । जयराम श्रेष्ठ समग्रमा १ ओभर १३९ सहित तेस्रो स्थानमा झरेका छन् । समग्रमा २ ओभर १४० स्कोर गरेका सञ्जय लामा चौथो स्थानमा उक्लिए । 

सञ्जयले लगातार दोस्रो दिन १ ओभर ७० को कार्ड बनाए । पहिलो दिन संयुक्त रूपमा शीर्ष स्थानमा रहेका भुबहादुर गुरुङ पाँचौँ स्थानमा झरेका छन् । उनले समग्रमा समग्रमा ५ ओभर १४३ स्कोर गरेका छन् । समग्रमा ६ ओभर १४४ स्कोरसहित रमेश अधिकारीले दोस्रो दिनको खेल ४ ओभर ७३ मा सकाए । उनी छैटौँ स्थानमा रहे । समग्रमा ९ ओभर १४७ स्कोर गरेका नेपालका नम्बर एक गल्फर नीरज तामाङ दसौँ स्थानमा रहेका छन् । 

भुवनको एकल अग्रता
लगातार दुई प्रतियोगिता जितेका भुवनले शीर्ष स्थानमा एकल अग्रता बनाउने क्रममा फ्रन्ट नाइन २ अन्डर ३२ मा सकाए । उनले तेस्रो, चौथो, पाँचौँ र नवौँ होलमा बर्डी निकाले । ब्याक नाइनमा उनले १ अन्डर ३४ स्कोर गरे । शुक्रले फ्रन्ट नाइन १ ओभर ३५ स्कोर गर्ने क्रममा पहिलो, तेस्रो र सातौँ होलमा बोगी खेपे । ब्याक नाइनमा सम्हालिँदै उनले ३ अन्डर ३२ को स्कोर निकाले । जयरामले तेस्रो होलको बर्डीका विरुद्ध दोस्रो र चौथो होलमा बोगी प्रहार गर्दै फ्रन्ट नाइन १ ओभर ३५ खेले ।

एमेच्योरतर्फ राहुल विश्वकर्मा ८ स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा रहेका छन् । उनले समग्रमा ३ ओभर १४१ को स्कोर निकाले । पहिलो दिन संयुक्त रूपमा शीर्षस्थानमा रहेका राहुल समग्रमा भने पाँचौँ स्थानमा झरे । समग्रमा १२ ओभर १५० स्कोरमा कट लागू हुँदा १८ प्रो र दुई एमेच्योर गरी २० जनाले अन्तिम दिनका लागि स्थान सुरक्षित गरेका छन् ।

See More On

सुझावित समाचार