कानुन व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलन भक्तपुरमा हुने भएको छ। शुक्रबार र शनिबार नेपाल बार एसोसिएसनको आयोजनामा ३२औँ सम्मेलन हुने तय भएको हो।
बार महासचिव केदारप्रसाद कोइरालाका अनुसार दत्तात्रय मन्दिरबाट प्रभातफेरिपछि साढे ७ बजेदेखि कार्यक्रम हुनेछ। कार्यक्रममा देशभरका वरिष्ठ अधिवक्ता, अधिवक्ता र अभिवक्ता महिलाहरूको सहभागिता रहनेछ।
भक्तपुर बार एसोसिएसनको आतिथ्यतामा आयोजना हुन लागेको सम्मेलनको नारा ‘महिलाको समानुपातिक समावेशिता: परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता’ भन्ने रहेको छ। कार्यक्रमको उद्घाटन वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले गर्नेछिन्।