जय ट्रफीको उपाधि नेपाल पुलिस क्लबलाई

बिहिबार, ५ चैत, २०८२
डिजिटल संस्करण

जय ट्रफीको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई चार विकेटले पराजित गर्दै पुलिस विजयी भएको थियो। 

मूलपानीमा भएको प्रतियोगितामा दुवै टिम पहिलो इनिङमा नाटकीय रूपमा २२१ रनमा समेटिएका थिए। दोस्रो इनिङमा आर्मी क्लबले २२६ रन बनाएको थियो। ६ विकेटको क्षतिमा प्रहरीले २२७ रनको लक्ष्य पूरा गर्दै उपाधि जितेको हो। जितका लागि पुलिसका रसिद खानले ८१ तथा कुशल भुर्तेलले ५१ रनको पारी खेले। बलिङतर्फ पनि उत्कृष्ट प्रदर्शन गरेका खान म्यान अफ दी म्यादसमेत बनेका छन्। 

सुझावित समाचार