समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण, निर्वाचन आयोगले आजै राष्ट्रपतिलाई मतपरिणाम प्रतिवेदन बुझाउने

बिहिबार, ५ चैत, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले समानुपातिक प्रणालीबाट निर्वाचित ११० जना प्रतिनिधिसभा सदस्यलाई प्रमाणपत्र वितरण गरेको छ। बिहीबार आयोगमा प्रमाणपत्र वितरण गरिएको हो। 

आयोगले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन परिणामको प्रतिवेदन बुझाएको भएको छ। निर्वाचनको अन्तिम प्रतिवेदन बुझाएपछि नयाँ सरकार गठनका लागि बाटो खुल्नेछ ।  

तर, राष्ट्रिय स्वतन्त्र पार्टीले भने सांसदहरूको शपथपछि मात्र नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने जनाएको छ। आगामी १२ चैतमा सांसदहरूको शपथको तयारी भइरहेको छ। त्यसलगत्तै बस्ने रास्वपाको संसदीय दलको बैठकले संंसदीय दलको नेता चयन गर्ने रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताएका छन्। 

सुझावित समाचार