राराताल पुगिन् प्रधानमन्त्री कार्की

बिहिबार, ५ चैत, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री सुशीला कार्की मुगु पुगेकी छिन् । उनी बिहीबार (आज) बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत हुँदै मुगु पुगेकी हुन् । प्रधानमन्त्री कार्कीले मुगुस्थित राराताल पुगेर सुरक्षा निकायका प्रमुखहरूसँग भेटघाट गर्ने तथा तालको अवलोकन गर्ने कार्यतालिका छ ।

मुगु र जुम्ला भ्रमणपछि प्रधानमन्त्री भोलि त्यहीँबाट जनकपुर जाने योजना रहेको मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले  बताए । मुगु र जुम्लाको अन्य कार्यक्रमबारे भने विस्तृत जानकारी प्राप्त नभएको प्रजिअ खत्रीले बताए ।
 

सुझावित समाचार