इतिहासमा आज

बिहिबार, ५ चैत, २०८२
डिजिटल संस्करण

सन् २००३ : मार्च १९–२० को मध्यरातिबाट अमेरिकी तथा ब्रिटिस नेतृत्वको गठबन्धनले ‘अप्रेसन इराकी फ्रिडम’ नाममा इराक अतिक्रमण अभियान सुरु गर्यो ।

सन् १२७९ : ‘यामेन युद्ध’मा मंगोलको हातबाट दक्षिणी सुङ वंश पराजित भएसँगै चीनमा तीन सय वर्षदेखि शासन गरिरहेको सोङ वंश अन्त्य भयो । मंगोल मूलका युआन वंशको जग बस्यो ।

सन् १९०३ : अमेरिकाको सिनेटले क्युबा सन्धि अनुमोदन गर्दै बर्सेनि दुई हजार डलरको सुन भुक्तानीबापत क्युबाको ‘ग्वान्टानामो खाडी‘ र ‘बहिया होन्डा’ क्षेत्र आफ्नो नौसेनाका लागि प्रयोग गर्ने बाटो खुलायो ।

सन् १९१७ : अमेरिकाको सर्वोच्च अदालतले रेलमार्गका श्रमिकको कार्यअवधि दिनमा आठ घन्टा गर्ने संघीय कानुनलाई अनुमोदन गर्यो । यसले श्रमिकको लामो समयदेखिको माग अमेरिकाभर कार्यान्वयनमा आउने बाटो खुल्यो ।

सन् १९१८ : अमेरिकी सिनेटले देशलाई पाँचवटा ‘टाइम जोन’मा विभाजित गर्ने र मार्चको दोस्रो आइतबारदेखि नोभेम्बर पहिलो आइतबार देशभरको समय एक घण्टा अगाडि गर्ने (डे–लाइट सेभिङ टाइम) ‘स्ट्यान्डर्ड टाइम एक्ट’ लागू गर्यो ।

सन् १९४५ : जर्मनी हार्ने अवस्था आएपछि एडोल्फ हिटलरले देशका महत्वपूर्ण यातायात, सञ्चार तथा औद्योगिक पूर्वाधार मित्रशक्तिको हातमा पर्नुअघि नष्ट गर्ने ‘निरो डिक्री’ आदेश जारी गरे ।

सन्  १९७९ : अमेरिकाको प्रतिनिधिसभाको बैठक पहिलोपटक टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरियो ।

सन् १९८२ : अर्जेन्टिनी फौज खानी मजदुरको भेषमा ब्रिटिस नियन्त्रणमा रहेको दक्षिण जर्जिया टापुमा ओर्लियो । यस घटनालाई ‘फकल्यान्ड युद्ध’को प्रस्थान बिन्दु मानिन्छ ।

 सन् २०१९ : अमेरिकी गणितज्ञ करेन उह्लेनबेक गणित क्षेत्रको ‘नोबेल’ मानिने अबेल प्राइज जित्ने पहिलो महिला बनिन् । 

सुझावित समाचार