बर्दियामा ज्येष्ठ नागरिक तथा महिलालाई अगरबत्ती बनाउने तालिम दिइएको छ । ठाकुरबाबा नगरपालिकाको आयोजनामा पालिकाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिक तथा महिलालाई अगरबत्ती बनाउने तालिम दिइएको हो । धुप हिन्दु धर्ममा पूजा गर्नेदेखि लिएर जन्म कर्मसम्म र मानिसको मृत्युसम्म अगरबत्ती प्रयोग हुँदै आएको छ ।
यसरी हेर्दा अगरबत्तीको बजारीकरण गर्न सकेमा भारतलगायत अन्य देशबाट धुपको आयातलाई रोकी स्वरोजगार बनाउन सकिन्छ । ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख विना भट्टराईले सिप सिक्न उमेरले छेक्दैन भने कुरा धुप बनाउन सहभागाी भएको ज्येष्ठ नागरिकको सहभागिताले देखाएको बताइन् ।
ज्येष्ठ नागरिक तथा महिलाहरूले उत्पादन गरेको अगरबत्तीलाई स्थानीय बजारमा बिक्री–वितरण गर्न सके विदेशबाट आयात हुने अगरबत्ती रोकिन्थ्यो भने स्थानीय स्तरमा रोजगारी सिर्जना हुने थियो ।