प्रभु क्यापिटल लिमिटेड र मेरो किसान लिमिटेडबिच साधारण सेयर (आइपिओ) निष्कासनसम्बन्धी सोमबार सम्झौता भएको छ । सम्झौता कार्यक्रममा मेरो किसानका तर्फबाट कम्पनीका अध्यक्ष विष्णुमणि गौतम, प्रबन्ध सञ्चालक अविनाश सिलवाल, सञ्चालक सुनील थापा, सञ्चालक सन्तोष बस्नेत र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चालक आशिष गौचन, प्रमुख व्यापार अधिकृत वासु थपलिया र विशिष्टीकृत लगानी कोष प्रमुख सुदीपहरि ढुंगानाको उपस्थिति थियो ।
मेरो किसानले आगामी दिनमा सेयर निष्कासनको योजना बनाएको छ । यस सहकार्यले कम्पनीलाई पुँजी बजारमार्फत सर्वसाधारणसँग जोड्दै कृषि क्षेत्रमा थप लगानी र विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । यस कम्पनीले किसानसँग प्रत्यक्ष सहकार्य गरी कृषि बिउबिजन उत्पादन, कृषि उत्पादन संकलन, भण्डारण, वितरण तथा डिजिटल प्लाटफर्ममार्फत उपभोक्तासम्म कृषि उत्पादन उपलब्ध गराउने काम गर्दै आइरहेको छ ।