रेडमी नोट १५ फाइभ–जी सार्वजनिक

आइतबार, १ चैत, २०८२
डिजिटल संस्करण

प्रविधि कम्पनी साओमीले नयाँ स्मार्टफोन रेडमी नोट १५ फाइभ–जी नेपालमा सार्वजनिक गरेको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो ब्याट्री, उच्च प्रदर्शन र प्रिमियम फिचरसहित प्रयोगकर्ताका लागि एक उत्कृष्ट स्मार्ट फोन भएको कम्पनीले जनाएको छ ।

नोट १५ फाइभ–जी तीन आकर्षक रङ ब्ल्याक, ग्लेसियर ब्लु र मिस्ट पर्पल कलरमा उपलब्ध हुनेछ । जसमा मिस्ट पर्पल कलर प्रयोगकर्तामाझ सबैभन्दा लोकप्रिय बनेको छ । रेडमी सिरिजकै पातलो यो डिभाइसले आकर्षक लुक प्रदान गर्ने कम्पनीले जनाएको छ । 

यो स्मार्टफोनमा रहेको ५५२० मेगाहर्ज ब्याट्रीका कारण दुई दिनसम्म चार्ज टिक्नेछ । स्मार्ट चार्जिङ इन्जिनले ब्याट्रीको आयु लामो बनाउनुका साथै ४५ वाट टर्बो चार्जिङले छिट्टै फुलचार्ज हुने बताइएको छ । एकैपटकमा २१ घण्टासम्म भिडियो प्ले वा १० घण्टासम्म भिडियो रेकर्डिङ गर्न सकिने कम्पनीले जनाएको छ । 

नोट १५ मा ६.७७–इन्च ओएलइडी डिस्प्ले र ३२०० निट्स ब्राइटनेसका साथ यसले घाममा पनि स्पष्ट दृश्य प्रदान गर्ने बताइएको छ । 

यस्तै, फोटोग्राफी र मनोरञ्जनका लागि १८० मेगापिक्सेलको मुख्य क्यामरा, ८ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । बिल्ट–इन इमेज स्टेबलाइजेसन र एआई सक्षम फिचरले व्यावसायिकस्तरको स्पष्टता र विवरण दिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो स्मार्टफोन १२/५१२ जिबीको मूल्य ४६ हजार नौ सय ९९ र ८/२५६ जिबीको मूल्य ३९ हजार नौ सय ९९ तोकिएको छ ।

सुझावित समाचार