हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबिएल) २०२६ गोल्डेनगेट इन्टरनेसनल क्लबले केभिसी हाउन्ड्समाथि रोमाञ्चक जित हात पारेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा गोल्डेनगेटले हाउन्ड्सलाई ९१–८७ ले पराजित गरेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा गोल्डेनगेटले पहिलो क्वार्टरमा २५–१६ को अग्रता लिएको थियो । दोस्रो क्वार्टरमा पुनरागमन गर्दै हाउन्ड्सले ३०–२० ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ४६–४५ को अग्रता बनाएको थियो ।
तर, तेस्रो क्वार्टरमा गोल्डेनगेटले २६–२१ ले आफ्नो पक्षमा पारेपछि समग्रमा ७१–६७ को अग्रता बनायो । चौथो क्वार्टर २०–२० को बराबरीमा सकिएपछि त्यही चार अंकको अग्रता कायम राख्दै गोल्डेनगेटले जित हासिल गरेको हो ।