नयाँ पत्रिकाकर्मी बोहरा सम्मानित

शनिबार, ३० फागुन, २०८२
डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी दीपक बोहरा सम्मानित भएका छन्। चलचित्र पत्रकार संघ, दाङको शनिबार तुलसीपुरमा भएको छैटाैँ अधिवेशनका क्रममा नयाँ पत्रिकाका दाङ संवाददाता दीपक बोहरालाई सम्मान गरिएको हो।

 विगत लामो समयदेखि पत्रकारितामा संलग्न रहँदै दाङ जिल्लाको कला, साहित्य एवं पत्रकारिता  क्षेत्रमा क्रियाशील रही मोफसलको चलचित्र पत्रकारितालाई संरक्षण, संवर्द्धन र विकासका लागि योगदान पुर्याएको भन्दै सम्मान गरिएको संघका अध्यक्ष सन्तोष केसीले बताए।

पूर्वराष्ट्रिय सभा सदस्य तथा कलाकार कोमल वली, चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समीर बलामीलगायत अतिथिहरूलाई सम्मान गरेका हुन्। त्यस अवसरमा पत्रकार बसुन्धरा गौतम, सुधासुमन ढकाल, वसन्त पौडेल र लीलाधर वलीलाई समेत सम्मान गरिएको थियो।  

सुझावित समाचार