भैंसीपाटी सैंबुस्थित नवनर्मित मन्त्री निवास (क्वार्टर) ध्वस्त छ। नयाँ सरकार गठनको चरणमा पुग्दा नवनियुक्त मन्त्रीलाई दिने निवास छैन। नवनियुक्त मन्त्रीलाई भाडामा राख्नुको विकल्प देखिँदैन।
निर्माण भई सञ्चालनमा आएको एक वर्षमा नै जेन–जी आन्दोलनका कारण मन्त्री निवासमा क्षति पुग्यो। २७ ब्लकमध्ये २६ ब्लक जेन–जी आन्दोलनका कारण ध्वस्त भएका हुन्। २६ ब्ल्कमध्ये ११ ब्लकको ठेक्काको काम सम्पन्न गरी निर्माणको चरणमा जाने तयारी भइरहेको छ।
२०७५ सालको मंसिरमा तत्कालीन मन्त्रिपरिषद् बैठकले ललितपुर महानगरपालिका भैंसेपाटीस्थित सैंबु आवास क्षेत्रमा छुट्याइएको १ सय ४९ रोपनी चार आना जग्गामा उक्त निवास निर्माण गर्ने निर्णय गरेको थियो।
तस्बिरहरू:






