एजेन्सी म्यानेजरलाई अन्डरराइटरको हिस्सा बनाउँदै हिमालयन लाइफ

शुक्रबार, २९ फागुन, २०८२
डिजिटल संस्करण

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीमा कार्यरत एजेन्सी म्यानेजरलाई अनलाइन माध्यमबाट बिमा प्रस्ताव पेस गर्न कम्पनीको सफ्टवेयर सिस्टममा पहुँच दिने भएको छ । 

एजेन्सी म्यानेजरले घरमा वा कार्यालयमा बसेर बिमा प्रस्ताव कम्पनीमा पेस गर्न सहज बनाउने पहुँच दिन लागिएको हो । यससँगै अब एजेन्सी म्यानेजरले सफ्टवेयर सिस्टममा रहेको एजेन्सी पोर्टल प्रयोग गरी आफूले गरेको बिमा प्रस्ताव स्वीकृतिका लागि कम्पनीमा पेस गर्न सक्नेछन् । प्रस्तावका लागि तोकिएका कागजात तथा विवरण पेस गरेपछि कम्पनीले अनलाइन माध्यमबाट अन्डरराइटिङ गर्ने र आवश्यक प्रक्रिया पूरा भएमा बिमा प्रस्ताव स्वीकृत गर्नेछ । 

यो सुविधाले बिमा प्रस्ताव स्वीकृत गर्न कम्पनीमा पुग्नुनपर्ने र घर वा एजेन्सीको आफ्नै कार्यालयमा बसेर काम गर्न सकिनेछ । यसले बिमा प्रस्ताव स्वीकृति छिटो, छरितो र सहज हुने बताइएको छ । कम्पनीले एजेन्सी म्यानेजरलाई अन्डरराइटारको हिस्सा बनाउने अभिप्रायले यस प्रकारको सुविधा दिइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिलकुमार दाहालले बताए ।

सुझावित समाचार