नाफिज सदस्यहरूलाई युरोलोजी तथा किड्नी अस्पतालमा २० प्रतिशत छुट

बिहिबार, २८ फागुन, २०८२
डिजिटल संस्करण

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का सदस्यहरूलाई युरोलोजी तथा किड्नी अस्पतालमा २० प्रतिशत छुट हुने भएको छ। बिहीबार नाफिज र अस्पतालबिच छुटसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौतामा नाफिज अध्यक्ष मेनुका कार्की र अस्पतालका अध्यक्ष शिवकुमार कटवालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार नाफिजका सदस्यहरूले अस्पतालबाट प्रदान हुने सबै सेवामा २० प्रतिशत छुट पाउनेछन्। नाफिजले आफ्ना सदस्यहरूको क्षमता अभिवृद्धिसँगै स्वास्थ्यका क्षेत्रमा पनि काम अघि बढाइएको अध्यक्ष कार्कीले बताइन्। सम्झौताअनुसार एक वर्षसम्म नाफिजका सदस्यहरूले यो सुविधा पाउनेछन्। 

सो अवसरमा अस्पतालका अध्यक्ष कटवालले किड्नीको समस्या ७० प्रतिशतसम्म बिग्रेपछि मात्रै जानकारी हुने भएकाले पहिले नै सबैले सचेत भएर परीक्षण गर्नुपर्ने बताए।

५० सदस्यको निःशुल्क किड्नी परीक्षण
यसैबिच विश्व किड्नी दिवसको अवसरमा नाफिजका ५० जना सदस्यहरूको निःशुल्क किड्नी परीक्षणसमेत गरिएको छ। अस्पतालका डाक्टरहरूले नाफिजका सदस्यहरूको निःशुल्क रूपमा किड्नीको परीक्षण गरेर किड्नीको अवस्थाका विषयमा जानकारी गराएका थिए।

किड्नी बिग्रिएपछि निकै महँगो हुने, तर पहिले नै जानकारी पाएको खण्डमा किड्नी बिग्रिनबाट जोगिने भएकाले आज सदस्यहरूको किड्नी निःशुल्क परीक्षण गरिएको नाफिजका महासचिव निकेश खत्रीले जानकारी दिए।

See More On

सुझावित समाचार