महालक्ष्मी विकास बैंकले वार्षिक कार्यक्रमअन्तर्गत दुईदिने कार्यशाला आयोजना गरी सामूहिक पदयात्रा सम्पन्न गरेको छ । वातावरण, संस्कृति र सम्पदा संरक्षण तथा दिगो बैंकिङ प्रवर्द्धनप्रति आफ्नो प्रतिबद्धता जाहेर गर्दै फागुन २४–२५ गते सो कार्यक्रम गरेको बैंकले जनाएको छ।
कार्यक्रममा बैंकको आर्थिक वर्ष ०८२/८३ को हालसम्मको समग्र वित्तीय अवस्था तथा निर्वाचनपछिको सकारात्मक परिस्थिति तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट सिर्जना हुन सक्ने आर्थिक चुनौतीहरूसमेतको विश्लेषण गरेको बताइएको छ।
बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यासहरू अपनाउनुपर्छ भन्ने सन्देश आमनागरिकमा प्रवाह गर्न ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले महत्त्वपूर्ण रहेको फेवाताल किनारमा सामूहिक रूपमा पदयात्रा गर्दै कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ।
विगत ३१ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै यस बैंकको देशभर रहेका १०३ शाखा कार्यालयमार्फत करिब आठ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ।