निलम्बित इन्स्पेक्टर महत धरौटीमा छुटे

बुधबार, २७ फागुन, २०८२
डिजिटल संस्करण

जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका इन्स्पेक्टर प्रदीप महत धरौटीमा छुटेका छन्। जिल्ला अदालत, चितवनले इन्स्पेक्टर महतलाई मंगलबार तीन लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो। 

उनी गत २७ माघमा  पक्राउ परेका थिए। विवाहको आश्वासनमा बलात्कार गरेको भनेर उनीविरुद्ध एक युवतीले उजुरी दिएकी थिइन्। 

जिल्ला न्यायाधीश केदारनाथ पौडेलको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो। 

पक्राउ परेसँगै महत भने निलम्बनमा परिसकेका छन्। 

सुझावित समाचार