रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी मुद्दा पूर्ण सुनुवाइमा लैजाने आदेश

बुधबार, २७ फागुन, २०८२
डिजिटल संस्करण

रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी मुद्दा पूर्ण सुनुवाईमा लैजान आदेश भएको छ। सर्वाेच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले प्रारम्भिक सुनुवाइपछि पेशी स्थगित नगर्ने गरी १ चैतदेखि पूर्ण सुनुवाईमा लैजान भनेको हो। 

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग संशोधन गर्ने निर्णय दुई महिनाअघि महान्यायाधिवक्ता कार्यालयले गरेको थियो। जसअनुसार विभिन्न जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले अभियोग संशोधनका लागि अदालतमा निवेदन दिइसकेको छ। तर, सर्वाेच्चबाट सुनुवाइ नहुँदा रोकिँदै आएको छ। 

अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयउपर अधिवक्ताहरूले दिएको रिटमा अब अर्काे साता फैसला हुने सम्भावना छ । पेशी स्थगित नहुने गरी चैत १ देखि पूर्ण सुनुवाईका लागि पेशी तोक्न आदेश दिइएको छ।  

कुनै सहकारीमा संलग्न नरहेको भनेर संसदीय समितिले प्रतिवेदन दिए पनि आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा सहकारी ठगीको मुद्दा चलाइएको आरोप रविले लगाउँदै आएका छन्। ग्यालेक्सी टिभीमा आबद्ध भएको आधारमा जिबी राईले सञ्चालन गरेका सबै सहकारीमा उनीविरुद्ध ठगी मुद्दा लगाइएको थियो।  

भुलसुधारः यसअघि यस समाचारमा पूर्ण सुनुवाई हुनुपर्नेमा पूर्ण इजलास हुन गएकाले क्षमायाचनासहित सच्याइएको छ। 

सुझावित समाचार