६ महिनामा १५ सय ट्रेडमार्क दर्ता

मंगलबार, २६ फागुन, २०८२
डिजिटल संस्करण

चालू आर्थिक वर्षको ६ महिनामा एक हजार पाँच सय २० वटा ट्रेडमार्क दर्ता भएका छन् । उद्योग मन्त्रालयले सार्वजनिक गरेको ‘उद्यमशीलता बुलेटिन’का अनुसार उद्योग विभागमा ती ट्रेडमार्क दर्ता भएका हुन् ।

बुलेटिनका अनुसार दोस्रो त्रैमासिक अवधिमा उद्योग विभागमा दर्ता भएका ट्रेडमार्कको संख्या एक हजार ८८ रहेको छ । पहिलो त्रैमासमा चार सय ३२ वटा टे«डमार्क दर्ता भएका थिए । यस अवधिमा पेटेन्ट भने दर्ता भएको देखिँदैन । दोस्रो त्रैमास अवधिमा ७० वटा ट्रेडमार्कसम्बन्धी मुद्दाको कारबाही टुंगो–किनारा लगाइएको छ । ६ महिनामा आइपुग्दा एक सय १३ पुगेको छ ।

विभागले भारततर्फको निर्यातका लागि दिने सर्टिफिकेट अफ ओरिजिन सिफारिस संख्या ३७ पुगेको छ । दोस्रो त्रैमास अवधिमा मात्रै यस्तो सिफारिस १८ वटा दिइएको छ । त्यस्तै, उद्योग विभागबाट ६ महिनामा ३८ उद्योगको प्रारम्भिक वातावरणीय परीक्षण सम्पन्न गरिएको छ । दोस्रो त्रैमासमा मात्रै १४ वटा उद्योगको प्रारम्भिक वातावरणीय परीक्षण गरिएको बुलेटिनमा उल्लेख छ । 

सुझावित समाचार