बंगलादेशका विदेश राज्यमन्त्रीसॅग राजदूत भण्डारीको भेटवार्ता

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले आज बंगलादेशका परराष्ट्र राज्यमन्त्री महामहिम शमा ओबैद इस्लामसँग शिष्टाचार भेट गरेका छन्। भेटका अवसरमा राजदूत भण्डारीले राज्यमन्त्री इस्लामलाई पदभार ग्रहण गरेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

भेटवार्ताका क्रममा नेपाल–बंगलादेश द्विपक्षीय सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको थियो। विशेषगरी व्यापार, कनेक्टिभिटी, ऊर्जा, शिक्षा तथा पर्यटनलगायत क्षेत्रहरूमा सहकार्य विस्तार गर्ने विषयमा ध्यान केन्द्रित गरिएको नेपाली दूतावासले जनाएको छ।

दुवै पक्षबिच क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा पनि विचार आदान–प्रदान भएको थियो ।
 

सुझावित समाचार