मुगुमा कांग्रेसका खड्गबहादुर शाही विजयी

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर शाही  विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर रोकायालाई एक हजार १९६ मतले पछि पार्दै विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले सात हजार ९१४ मतसहित विजयी हुँदा  रोकायाले ६ हजार ७१८  मत पाएका छन् । तेस्रो भएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार चन्द्रबहादुर शाहीले पाँच हजार ५५८  मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन टमटा ५३० मतसहित चौथो भएका छन् । मुगुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बलबहादुर मल्लले  २०३, नेकपा माओवादीका उम्मेदवार रंगवीर परियारले  २८० पाएका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन मल्लले २२ मत ल्याएका छन् । यसैबिच, मुगुमा ३६ हजार ३१ मतदातामध्ये २२ हजार  ७१ मत खसेको थियो । 

सुझावित समाचार