मोरङका ६ वटै निर्वाचन क्षेत्रमा ‘क्लिन स्विप’ गर्दै रास्वपा

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

मतदाताहरूको देशव्यापी समर्थन पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले  मोरङका ६ वटै निर्वाचन क्षेत्रमा विजय निश्चित भएको छ। जम्मा ७ लाख ८३ हजार ५० जना मतदाता रहेको र ५ लाख ५५ हजार १४ जनाले मतदान गरेको मोरङका अन्तिम मतपरिणाम आउन बाँकी ४ वटा क्षेत्रमा रास्वपाका उम्मेदवारहरू नै फराकिलो मतान्तरले अग्रता लिइरहेकोले मोरङका सबै निर्वाचन क्षेत्रमा विजय निश्चित भएको हो।  

मोरङको ४ नम्बर क्षेत्रमा  रास्वपाका युवा उम्मेदवार सन्तोष राजवंशी ४० हजार ८३३ मतले  र  ६ नम्बर क्षेत्रमा रुबिना आचार्य ५५ हजार ५१३ मत प्राप्त गरेर भारी मतान्तरले  विजय भैसकेका छन। 

मतगणनाको अन्तिम मतपरिणाम आउन बाँकी क्षेत्र नम्बर १ , ३ , २ र ५ मा रास्वपाकै उम्मेदवारहरूले फराकिलो मतान्तरले अग्रता लिइरहेका छन्।    
सार्वजनिक मतपरिणामअनुसार मोरङ क्षेत्र नम्बर १ मा रास्वपाका यज्ञमणि न्यौपाने प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामाभन्दा ८ हजारभन्दा बढी मतले अग्रता लिइरहेका छन्। 

मोरङ क्षेत्र नम्बर २ मा  रास्वपाका कृष्णकुमार कार्की प्रतिद्वन्द्वी एमालेका दिलीपकुमार अग्रवालभन्दा करिब २२ हजार मतले अगाडि छन्।   

मोरङ  क्षेत्र नम्बर ३ मा रास्वापका गणेश कार्की प्रतिद्वन्द्वी कांग्रेसका सुनीलकुमार  शर्माभन्दा  करिब ६ हजार मतले अगाडि छन्। 

मोरङ  क्षेत्र नम्बर ५ मा रास्वपाकी आशा झाले प्रतिद्वन्द्वी कांग्रेसका फूलकुमार लालवानीभन्दा झन्डै २० हजारभन्दा बढी मतले अग्रता लिइरहेकी छिन्। 
२०७९ को निर्वाचनमा मोरङमा १, ३ र ६ मा कांग्रेस २ मा एमाले ४ मा नेकपा र ५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए।  
 

सुझावित समाचार