बारा १ मा मतगणना नसकिँदै रास्वपाका गणेश धिमालको जित सुनिश्चित

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

बारा निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश धिमालको जित सुनिश्चित भएको छ। २१ हजार मत गणना बाँकी हुँदा धिमाल २१ हजार ११२ मतान्तरसहित अगाडि छन्।

६० हजार मत गणना हुँदा धिमालले ३२ हजार ३५ मतसहित अग्रता लिइरहेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अच्युतप्रसाद मैनाली १० हजार ९१३ मतसहित दोस्रो स्थानमा छन्।

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार शम्भुबहादुर बुढाथोकी १० हजार २५७ मतसहित तेस्रो स्थानमा छन् भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार सन्तोष दंगाल २ हजार २५३ मतसहित चौथो स्थानमा छन्। जनता समाजवादी पार्टी (जसपा)का रामबाबु प्रसाद यादवले १ हजार २३३ मत प्राप्त गरेका छन्।

सुझावित समाचार