कालीकोटमा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। ११ हजार ३३८ मतसहित उनी निर्वाचित भएका हुन्। ०७९ को निर्वाचनमा पनि उनी कालीकोटबाट विजयी भएका थिए।
यहाँ नेकपा एमालेका नगिन्द्र शाहीले १० हजार ३५२ मत ल्याई उपविजेता भए। नेपाली कांग्रेसका हर्षबहादुर शाहीले सात हजार १३३ मत पाए ।
नेकपाको यो दोसो विजय हो। यसअघि नेकपाका अध्यक्ष प्रचण्डले रुकुम पूर्वमा जितेका थिए।