रोल्पामा नेकपाका वर्षमान पुनको अग्रता

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले अग्रता लिएका छन्। थबाङ गाउँपालिकाको एक हजार ३५२ खसेको मतमध्ये एक हजार ३१२ मत सदर भएको छ। जसमध्ये पुनले ६५८ मत प्राप्त गरेका छन्।

नेकपाका पुनलाई पछ्याउँदै विप्लव नेतृत्वको नेकपा (माओवादी)का उम्मेदवार चूडामणि वलीले गुलाफ चिह्नमा ४८६ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका सुदनकमार वलीले १५, नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ७६, रास्वपाका बालराम थापाले १६ र राप्रपाका अमरबहादुर थापाले चार मत पाएका छन्।

यसैगरी, राजमोका मेखबहादुर विष्टले गिलास चिह्नमा २१, नेसनल रिपब्लिक नेपालका मनबहादुर घर्तीले उडिरहेको माहुरी चिह्नमा १० मत, मंगोल नेसनल अर्गनाइजेसनले भाले चिह्नमा २६ मत प्राप्त गरेको छ। आम जनता पार्टी नील भएको छ।

सुझावित समाचार