प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रारम्भिक अग्रता लिएको छ।
मकवानपुर क्षेत्र नम्बर २ मा ९१ हजार २४१ मत खसेकोमा हालसम्म दुई हजार १९१ मत गणना भएको छ। रास्वपाका उम्मेदवार प्रशान्त उप्रेती एक हजार १४३ मत प्राप्त गर्दै अग्रस्थानमा छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार महेश बर्तौलाले २९७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामाले २७६ मत पाएका छन्। त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लवशेर विष्टले १८२ मत प्राप्त गरेका छन्।