बाँके क्षेत्र नम्बर ३ मा रास्वपाका खगेन्द्र सुनारले अग्रता कायमै राखेका छन्। सुनारले ६ हजार ६१८ मत ल्याउँदा एमालेका सुमन मल्लले तीन हजार ६५५ मत ल्याएर पछ्याइरहेका छन्।
कांग्रेसका अमरसिंह पुनले दुई हजार ३२१ र नेकपाका दीपक जिएमले ४२४ मत पाएका छन्।
यता बाँके क्षेत्र नम्बर १ मा पनि रास्वपाका सुरेशकुमार चौधरीले अग्रता कायमै राखेका छन्। उनले नाै हजार ६६ मत ल्याउँदा नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले तीन हजार ४७ र एमालेका सूर्य ढकालले दुई हजार १५८ मत पाएका छन्।