इंग्ल्यान्डलाई हराउँदै भारत टी–२० विश्वकको फाइनलमा पुगेको छ। मुम्बईमा बिहीबार भएको सेमिफाइनलमा भारतले इंग्ल्यान्डलाई सात रनले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको भारतले २५३ रन बनाएको थियो। जवाफी ब्याटिङमा इंग्ल्यान्ड २४६ रनमा समेटियो। उच्च रन बनेको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। अन्तिम ओभरमा इंग्ल्यान्डका लागि ३० रन चाहिएकोमा २२ रन बनाएको थियो।
आगामी आइतबार भारत र न्युजिल्यान्डबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।