एक थोपा पनि रगत नबगी निर्वाचन सम्पन्न भयो, सबैलाई धन्यवादः गृहमन्त्री अर्याल

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका छन्। एक थोपा पनि रगत बनगी निर्वाचन सम्पन्न भएको र यसमा सबैको साथ र सहयोग रहेको उनको भनाइ छ। 

 गृहमन्त्री अर्यालले राष्ट्रपतिको निर्देशन र प्रधानमन्त्रीको नेतृत्वमा सम्बद्ध सबै पक्षको सहयोगका कारण मुलुकभर एकै चरणमा मतदान कार्य सम्पन्न भएको भन्दै प्रधानमन्त्रीको अभिलाषाबमोजिम 'एक थोपा पनि रगत नबगी' निर्वाचन गर्ने कार्य सम्पन्न भएको उल्लेख गरेका हुन्। 

लोकतान्त्रिक प्रक्रियाको महत्त्वपूर्ण अभ्यासको रूपमा रहेको निर्वाचनमार्फत जनादेश लिनु संवैधानिक र कानुनी दृष्टिले सर्वोत्तम पक्ष भएको उनको भनाइ छ। गृहमन्त्री अर्यालले यस निर्वाचनको माध्यमबाट संविधान कार्यान्वयन एवं नेपाली जनताले प्राप्त गरेको हक अधिकारको संस्थागत गर्नमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए। निर्वाचन प्रक्रियामा संलग्न आमनेपाली नागरिक, सम्पूर्ण मतदाता, उम्मेदवार, राजनीतिक दलका नेता तथा कार्यकर्ता, निर्वाचनमा संलग्न निजामती कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यवेक्षक र प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सहयोग एवं योगदान गर्नुहुने सबैप्रति उनले बिज्ञप्ति निकालेर आभार प्रकट गरेका छन्। निर्वाचनको मतदानपश्चात् मतगणनाको कार्यमा समेत सकारात्मक भूमिका र सहयोगका निमित्त सम्बन्धित उनले अनुरोध गरेका छन्। 

सुझावित समाचार